चोपेन्द्र र सुरविनाको ‘लुकीछिपी किन मायामा’

नायक मुकुन भुषाल उर्फ ‘चोपेन्द्र’ ले अभिनय गरेको ‘लुकीछिपी किन मायामा’ गीतको भिडियो सार्वजनिक भएको छ । भिडियोमा मुकुनले नायिका तथा मोडल सुरबिना कार्कीसँगको अव्यक्त प्रेमलाई देख्न सकिन्छ । गीतमा गणेश सेन्चुरीको शब्द, संगीत तथा स्वर रहेको छ । भिडियो निर्देशन नविन चौहानले गरेका छन् । भिडियोमा मुकुन र सुरबिनासँगै मनिष तामाङ तथा अनु काफ्ले फिचर्ड छन् । भिडियोमा निशल पौडेलको छायांकन, भीम विश्वकर्माको सम्पादन छ ।