फिल्म ‘माया बस्छ कि के हो ?’ निर्माण घोषणा

फिल्म ‘माया बस्छ कि के हो ?’ निर्माण घोषणा भएको छ । राजु अधिकारीको निर्देशनमा बन्ने फिल्मको आइतवार राजधानीमा एक कार्यक्रम गर्दै निर्माण घोषणा गरिएको हो । फिल्म मार्फत सोनाल तामाङ र कस्मता निरौलाले डेब्यु गर्दै छन् ।

असार दोस्रो साताबाट छायांकन सुरु हुने फिल्म जनपुकार मिडिया हाउस प्रा.लि.को ब्यानरमा निर्माण हुने तथा फिल्मको प्रस्तुतकर्तामा शरद अधिकारी छन् । फिल्म छायांकन रविन्द्र बरालले गर्दै छन्  बहादुर सिंह तामाङ र कृष्ण गिरी कार्यकारी निर्माता रहेको फिल्मको कथा आरती अधिकारीले तयार पारेकी हुन् । पटकथा तथा संवाद मौनता श्रेष्ठको रहेको छ । फिल्मको गीतमा अर्जुन पोखरेलको संगीत रहनेछ । सोनाल र कस्मतासँगै फिल्ममा ध्रुव दत्त,  बेनी ढुंगानालगायतका कलाकारहरुको अभिनय रहनेछ ।