६८बर्षिय बृद्धसंग विवाह गर्दै सेलेना ?

सेलेना गोमेजले आफुले विवाह गर्न लागेको जानकारी दिएकी छन्  ।  ‘द डेड डोन्ट लाइ’ का सहकर्मी बिल मुर्रेसँग उनले विवाह गर्न लागेको इन्टाग्राममार्फत बताएकी छन् ।

कान्स फिल्म फेस्टिबलको रेड कार्पेटमा हिँड्दाको अनुभव सेयर गर्न सेलिनाले इन्स्टाग्रामको सहारा लिएकी छिन् । उनले बिहिबार आफ्नो इन्स्टाग्राम अकाउन्टमा लेखेकी छन्, ‘म यो फिल्मको सदस्य हुन पाउँदा निकै भाग्यमानी महसुस गरिरहेकी छु । अँ साँच्ची, म र बिल मुर्रे विवाह गर्दैछौं ।’

कान्सको रेड कार्पेटमा बिलले गोमेजसँग कानेखुसी गरिरहेको देखेपछि यी दुईको प्रेम सम्बन्धबारे विभिन्न समाचार प्रकाशित भएका थिए । ६८ वर्षे मुर्रेले भ्यानिटी फेयरसँगको कुराकानीमा गोमेजको खुलेर तारिफ गरेका थिए ।