फिल्म ‘दासढुङ्गा २’ थिम पोष्टर सार्वजनिक

फिल्म दासढुङ्गाको दोश्रो भाग निर्माण हुने भएको छ । सोमबार फिल्मको थिम पोस्टर पनि सार्वजनिक गरिएको छ । फिल्मका लागि कलाकार तथा प्राविधिक फाइनल भइसकेको छैन । फिल्ममा केहि ‘दासढुंगा’का कलाकार हुनेछन् भने, केहि नयाँको इन्ट्री निर्माण टिमको तयारी रहेको छ  । फिल्मको लेखन र निर्देशन कुमार भट्टराईले गर्नेछन् ।

अपिल विष्ट फिल्मसको प्रस्तुति रहने फिल्मसँग अस सिनेमा र म्याजिक माउन्टेन मुभिजले सहकार्य गरेका छन् । कुशल पाण्डे निर्माता रहने फिल्ममा अपिल विष्ट, दीपक ओली र प्रकाश केसीले कार्यकारी निर्माता रहेका छन् भने, सह-निर्मातामा प्रदीप आचार्य रहेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी ‘एमाले’का तत्कालिन महासचिव मदन भण्डारीको मृत्युमा आधारित फिल्म सन् २०१० मा निर्देशक मनोज पण्डितले प्रदर्शनमा ल्याएका थिए ।  फिल्म ‘दासढुंगा’मा सौगात मल्ल, अनुप बराल, संचिता लुइँटेल, दयाहाङ राई, विश्व बस्नेत, बिएस राणा, रामशरण पाठक, डा, केपी भण्डारीलगायतको अभिनय थियो ।