बाझ्ने आफू, दोष संचारमाध्यमलाई

बर्षा सिवाकोटीलाई वीर विक्रम २ फिल्ममा आशा थियो । फिल्म सिंगलमा राम्रो, मल्टिप्लेक्समा सुखद भएन । फिल्मले नेपालबाट लगानी उठाउन अझै बल गर्नपर्छ । बल भने ठूलो हुनपर्छ ।

बर्षाले फिल्म नचल्दै जात्रै जात्राको अभिनेत्री बर्षा सिवाकोटीलाई सिधै साथी भनेर सम्बोधन पनि गरेकी थिइन् । कहिले घुमाएर उनलाई नै प्रहार पनि गरेकी थिइन् । बर्षाको स्टाटसहरु निरन्तर आएका हुन् ।

बर्षा राउतले वीर विक्रम २ हेरिन् । वीर विक्रम २ हेर्दा बर्षा सिवाकोटी खुशी भइन् । उनले, बर्षासँग आफ्नो सम्बन्ध नराम्रो नभएको बताएकी थिइन् । उनले, संचारमाध्यमले नै बर्षा र आफ्नो मितेरीलाई दुश्मन जस्तो बनाएको पनि बताइन् ।

बर्षा सिवाकोटीले दोष संचारमाध्यमलाई थोपरिन् । बर्षा सिवाकोटीले किन थोपरिन् संचारमाध्यमलाई दोष ?  पोष्टर च्यातिएको कुरा समेत शेयर गरिन उनले । पोष्टर च्यातेको र गरी खान नदिएको कुरा पनि भनिन् । यो बाझाबाझ गर्ने  बर्षा हुन् ।

बर्षा–बर्षा फिल्ममा पनि एकैसाथ खेल्न मान्दैनन् । एक बर्षा जाँदा अर्को बर्षाले छाड्छिन् । अनी, दोष संचारमाध्यमले नै पाउँछन् ।

बाझ्ने आफू, दोष संचारमाध्यमलाई । यो हजम भयो र ?
सच्याइएको :सम्पादक