‘पोई पर्यो काले’ निर्माण घोषणा

काठमाण्डौमा एक कार्यक्रम गर्दै फिल्म ‘पोई पर्यो काले’ निर्माण घोषणा भएको छ । शिशिर राणाको लेखन तथा निर्देशनमा तयार हुने फिल्म चलचित्र बोर्ड अध्यक्ष केशव भट्टराई र चलचित्र पत्रकार संघका अध्यक्ष सन्दिप सापकोटोले शुभसाइत गरेका थिए ।

फिल्ममा सौगात मल्ल, पूजा शर्मा, आकाश श्रेष्ठ, श्रृष्टी श्रेष्ठ, राजाराम पौडेल, सोहित मानन्धर, विन्दा खतिवडा, जयनन्द लामा लगायतका कलाकारको अभिनय रहनेछ । शिव ढकालको छायांकन रहने फिल्ममा सुवाष भुषाल र पुरुषोत्तम न्यौपानेको संगीत, कविराज गहतराज, रामजी लामिछाने र रविन शाहको कोरियोग्राफी रहनेछ ।

तारा प्रकाश ‘किम्भे’को सम्पादन रहने फिल्मका प्रस्तुतकर्ता श्यामबहादुर थापा हुन् । दिपक मनाङ्गे र देवी राइको लगानी रहने फिल्ममा किरण नेपाली र रघु परियार कार्यकारी निर्माताको रुपमा छन् । फि जेठ १३ गतेबाट फ्लोरमा जाने फिल्म कात्तिक ८ गतेबाट प्रदार्शनमा आउने छ ।