‘चलचित्र प्रोजेक्ट बीमा’ सम्झौता

‘चलचित्र प्रोजेक्ट बीमा’ का लागि चलचित्र निर्माता संघ र लुम्बिनी जनेरल इन्स्युरेन्सबीच संझौता भएको छ । संझौतामा निर्माता संघका अध्यक्ष आकाश अधिकारी र लुम्बिनी इन्स्याेरेन्सका प्रमुख कार्यकारी अधिकृत सीइओ एनपी प्रधानले हस्ताक्षर गर्दै संझौता गरे ।

निर्माता संघको स्विकृती पश्चात निर्माताहरुले फिल्म छायांकन अगाडि यो बीमा गर्न पाउने भएका छन् । निर्माताले चलचित्र विकास बोर्डमा आफ्नो फिल्म दर्ता गर्दा भरेको लागत विवरणको एक प्रतिशत रकम बीमा कम्पनीलाई वुझाउनुपर्ने हुन्छ ।  उक्त एक प्रतिशत रकमको पाँच प्रतिशत रकम इन्सुरेन्स कम्पनीले निर्माता संघमा वुझाउने काठमाण्डौमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो । यो बीमा गर्ने पर्छ भन्ने चै छैन । कुनै निर्माताले दुर्घटना बिमा मात्र गर्न पनि पाउने तथा प्रोजेक्ट बिमा गर्न चाहेमा दुर्घटना बिमा गर्नु नपर्ने बताइएको छ ।