स्टारडम जोगाउने वा प्रयोग गर्ने ?

अनुप विक्रम शाही अभिनित कब्स जेठ १७ गते रिलिज गर्ने तयारी गरिएको छ । अनुप विक्रम शाहीलाई ह्यान्डसम हिरो भन्ने गरिएको छ । अनुप विक्रम शाहीले पाएको फिल्मको संख्या पनि धेरै छन् ।

अनुपलाई फिल्ममा आउँदा नै उनले स्टारडम बनाउनछन् भनेर फिल्मीकर्मीले भन्थे । अनुप विक्रम शाहीलाई हेर्दा उनी अरु चलेका कलाकारसँग टक्कर दिने खुबी राख्छन् भन्न गाह्रो भएन ।

अनुप विक्रम शाहीले अपेक्षा सबैले गर्दा काम भने त्यस्तो गरेनन् । उनले फिल्म धेरै खेले । फिल्म पनि के खेले भनेर भन्न सकिएन । खेल्न सम्म खेले । जे जे आए सबै खेले ।

यसैले, उनको अभिनय रहेको कब्स रिलिज हुन लाग्दा पनि दर्शकले नाम ध्यान दिएका छैनन् । अनुपले स्टारडम बनाउन सक्थेँ, तर धेरै फिल्म खेल्ने लोभले सकेका छैनन् ।

सविन श्रेष्ठको जस्तो ज्यान नेपालमा अरु कुन अभिनेताको होला ? सविन श्रेष्ठको ध्यान फिल्ममा भन्दा जीममा धेरै छ । उनलाई पनि मन पराउने दर्शक धेरै भए । अन्दाज फिल्मबाट सविनले डेब्यू गरेको समयमा तारिफ भयो । सविनलाइ नआउने के थियो । अभिनय ठिकै, फाइट उत्कृष्ट ।

सविन श्रेष्ठले पनि क्रेज जमाउन सक्थे । तर, उनी पनि क्रेज भन्दा पैसा कमाउन लागे । फिल्म उनलाई जती आयो सबै गरे । अनमोल केसी, प्रदिप खड्काहरुले फिल्म नगर्दा निर्माताले अफर उनलाई गरे । उनी, मुख्य अभिनेता कम भए, वैकल्पिक अभिनेता धेरे भए ।

फिल्म उनको अझै पनि रिलिज हुन बाकी नै छन् । तर, उनले खेलेका फिल्म आउँदैछ भनेर दर्शकका खुलदुली कम हुन थालेको छ । सविनले पैसा कमाए तर क्रेज बचाएनन् । उनी पनि रिजर्भ बस्ने जानेको भए उनको फिल्म आउँदा दर्शक उत्साहित हुन्थे होलान् ।

नेपाली फिल्ममा काम गर्ने अभिनेताहरुलाई पैसा कमाउन पर्ने वाध्यता छ भनेर जवाफ दिन्छन् । तर, एउटा फिल्ममा २ लाख लिएर क्रेज सक्न भन्दा रिभर्ज बसेर २०–३० लाख लिन सकिने पनि अभिनेताहरुले देखाएका छन् ।

बलेको बेलामा कमाई हालौ, समय यही नै हो भनेर भन्दा अभिनेताहरुको क्रेज सकिएको छ । अभिनेता आर्यन सिग्देलले ६ लाख पारिश्रमिक दिए भन्दैमा सुश्री जस्तो फिल्म खेले । उनले खेलेको फिल्म पनि धेरै त विर्सनलायक छन् । आर्यन यसैले चल्न छाडे । अहिले उनलाई दर्शकले दिएको माया पाउन धौ धौ भैरहेको छ ।

दिलिप रायमाझी पनि यसका उदाहरण हुन् । दिलिपले पनि बनाएको स्टारडम ढाले र अमेरिका तिर हिडे ।

क्रेज बचाउन सकिन्छ भन्ने उदाहरणमा राजेश हमाल, भूवन केसी छन् । जो फिल्म खेलेपनि नखेलेपनि सधै चलिरहेका छन् । अभिनेताहरुले क्रेज बचाउन फिल्म मात्र खेलिरहन पर्छ भन्ने नहुने रहेछ । तर, २–४ बर्ष फिल्म खेल्दा दर्शकले संझिएकाहरु फिल्म चल्न छाडेपछि दर्शकले विर्सने अवस्था आयो भने पिर त्यहाँ हुन्छ ।

स्टार भएर पनि स्टारडम बचाउन नसकेर खस्एिका अभिनेताहरु नेपालमा प्रशस्त भेटिएका छन् । जो चल्दा चल्दै असफल भएका छन् । यसका लागि स्टारडम पाएको बेलामा त्यसलाई प्रयोग गर्ने कि जोगाउने भन्ने जान्नपर्छ ।