‘चलचित्र पत्रकारिता राष्ट्रिय सम्मान तथा पुरस्कार–२०७५’ सम्पन्न

चलचित्र पत्रकार संघको २० औ स्थापना दिवसको अवसरमा एक कार्यक्रम गर्दै  ‘चलचित्र पत्रकारिता राष्ट्रिय सम्मान तथा पुरस्कार – २०७५’ द्वारा सम्मान गरिएको छ । सम्मान तथा पुरस्कारबाट यस क्षेत्रमा योगदान पुर्याउने पांच जनालाई सम्मान तथा पुरस्कार प्रदान गरिएको हो ।संघका सदस्य तथा मेरोफिल्म डटकममा कार्यरत फोटो पत्रकार विनोद पोखरेललाई चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार प्रदान गरिएको छ । त्यस्तै पत्रकार संघ नेपालका सदस्य तथा इमेज एफएम र हिमालय टेलिभिजनमा कार्यरत नरेश भट्टराई र संघका सदस्य तथा भिजनसंसार डटकमका सम्पादक श्याम स्मृतलाई चलचित्र पत्रकारिता राष्ट्रिय सम्मान प्रदान गरिएको छ ।घका पूर्व कार्यसमिती सदस्य तथा रातोपाटी डटकममा कार्यरत कुवेर गिरी र संघकी पूर्व कार्यसमिती सदस्य तथा एबिसी टेलिभिजनमा कार्यरत शारदा थापालाई चलचित्र पत्रकारिता पुरस्कार संघले प्रदान गरेको छ ।