डाक्टर लम्साल सम्मानित

- मेराेफिल्म

चलचित्र पत्रकार संघको मकवानपुर शाखाले यस बर्षको ‘चलचित्र पत्रकारिता सम्मान’ बाट संचारकर्मी डाक्टर नवराज लम्साललाई सम्मान गरेको छ । २० औं चलचित्र पत्रकारिता दिवसको अवसर पारेर उनलाई नगद ११ हजार १ सय ११ रुपैयाँ सहित सम्मान गरिएको हो ।

त्यस्तै, चलचित्र पत्रकारिता पुरस्कार–२०७६ बाट मकवानपुरका पत्रकार रोशन पराजुलीलाई पुरस्कृत गरिएको छ । उनलाई नगद ५ हजारसहित पुरस्कृत गरिएको हो ।संघले मकवानपुरबाट राष्ट्रिय स्तरमा कलाकारिता गर्दै आएका कलाकारलाई समेत सम्मान गर्ने निर्णय गरेको थियो । यो बर्ष द्धन्द्ध निर्देशक राजेन्द्र खड्गीलाई सम्मानित गर्ने निर्णय भएपनि उनी पारिवारिक समस्याले उपस्थित हुन सकेनन् ।

२०७६ जेठ ९ गते १२:०१ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *