टिकटक सेलिब्रेटीको गोली हानी हत्या

भारतको दिल्लीस्थित नजफगढ़मा एक ‘टिकटक’ सेलिब्रेटीको हत्या भएको छ । यहि आइतबार मोहित मोरको गोली हानेर हत्या गरिएको हो । मोर ‘टिकटक’ का चर्चित सेलिब्रेटी हुन् । ‘टिकटक’ मा उनका पाँच लाखभन्दा बढी फलोअर छन् ।

साथिको पसलमा बसिरहेका उनलाई तीन जनाको समुहमा आएका व्यक्तिले गोली हानेका थिए । भारतीय संचारमाध्यमका अहुसार उनको छातीमा १३ वटा गोली लागेको छ । गोली लागेका उनको घटनास्थलमा नै मृत्यु भएको हो । उनी जिम ट्रेनर समेत हुन् ।