फ्लोरमा ‘छ माया छपक्कै’

आमा सरस्वती मुभिज र रोहित अधिकारी फिल्मस्को संयुक्त ब्यानरमा निर्माण हुन लागेको फिल्म ‘छ माया छपक्कै’ को छायांकन सुरु भएको छ । सामाजिक संजाल फेसबुकमा स्ट्याटस पोस्ट गर्दै फिल्मका निर्माता रोहित अधिकारीले फिल्म फ्लोरमा गएको जानकारी गराएका हुन् ।

फिल्म दिपेन्द्र लामाले निर्देशन गर्ने छन् भने छायांकन हरी हुमागाईंको रहने छ । फिल्मका लागि कलाकार केकी अधिकारी, दिपकराज गिरी, दीपा श्री निरौला, जितु नेपाल र केदार घिमिरे फाइनल भएका छन् । । फिल्ममा केकी र दिपक पहिलो पटक जोडीको रुपमा देखिदैछन् । फिल्मले करिब ४० वर्ष उमेर अन्तर रहेको जोडीको कथा भन्ने छ । फिल्ममा रोहित अधिकारीको लगानी रहनेछ । फिल्म आउँदो बर्षको दशैंमा रिलिज हुनेछ । फिल्ममा दिपाश्री निरौला सल्लाहकार निर्देशकको रुपमा रहने छिन् ।