आफ्नै बाबुको निर्देशनमा काम गर्दै आलिया भट्ट

भारतीय अभिनेत्री आलिया भट्ट ‘सडक २’ को सुटिङको तयारीमा रहेकी छन् । फिल्म कलंकको असफलता र सडकको ऐतिहासिक महत्वका कारण यो फिल्म आलियाका लागि बिशेष छ ।

२८ वर्षअघि सुपरहिट भएको रोमान्टिक फिल्म ‘सडक’ को सिक्वेल सडक २ मार्फत आलिया पहिलो पटक आफ्ना पिता महेश भट्टको निर्देशनमा काम गर्दैछिन् । फिल्ममा आलियाका साथै आदित्य रोय कपुर, सञ्जय दत्त र पूजा भट्टले पनि अभिनय गर्नेछन्। सन् १९९१ मा बनेको फिल्म सडकमा आलियाकी दिदी पूजा र सञ्जयले मुख्य भूमिका निर्वाह गरेका थिए । भारतीय संचारमाध्यमका  अनुसार सर्वसाधारणलाई झुक्याएर आश्रम चलाउने नक्कली गुरुको चरित्र उदांगो पार्ने भूमिकामा आलिया छिन् ।