१४ महिनापछि आएका पल

अभिनेता पल शाहले १४ महिनापछि दर्शकको प्यास मेटाउन खोजेका थिए । शत्रु गते रिलिज भएपछि राम्रो स्क्रिप्ट नपाएको भन्दै पल शाहले फिल्म खेलेनन् ।

मिलन चाम्सले आकाश खड्काले छाडेपछि अन्तिम अवस्थामा वीर विक्रम २ खेलेका हुन् । वीर विक्रम २ खेलेपछि पल शाहले उत्कृष्ट फिल्म खेलेको बताए ।

पल शाहको फिल्म रिलिज भएपछि भने पलले गरेको कामको प्रशंसा सुनिएन । पलले यस्तो काम गरे, उस्तो काम गरे भनिएको पाइएको छैन । समिक्षा गर्नेहरुले पल शाहलाई स्याबास भनेका छैनन् । पलले हलबाट बाहिर निस्कदा के गरेका छन् भनेर खोज्न थालिएको छ ।

पल शाह म्यूजिक भिडियोमा अझै हिट छन् । फिल्ममा उनले गर्नुपर्ने अभिनयको मेहेनत पुगेको छैन भनेर टिप्पणी आएको छ ।

पल शाहको भन्दा अभिनेत्री बर्षा सिवाकोटीले नै प्रशंसा पाइन् । अभिनेता नाजिर हुसेनको अभिनयले तारिफ पाएको छ । नाजिरको काम अघि पल शाह कम भएका हुन् त ?

१४ महिना स्क्रिप्ट नै नपाएको बताएका पलले अभिनयमा दम देखाउन पर्ने हो कि ? कतिपय कलाकारले राम्रो काम गर्दा २ महिनापछि आउँदा पनि चलेका छन ? काम राम्रो गर्नु ठूलो कुरा हो कि ?