साम्राज्ञीलाई लुक्स लुकाउनै गाह्रो

साम्राज्ञी राज्यलक्ष्मी शाहलाई सुटिङको मात्र होइन, अरु बेलामा पनि इन्स्टामा फोटो राखिरहन्छिन् । साम्राज्ञीबाट फोटो बाहिर नआओस् भनेर अपेक्षा गर्न गाह्रो पर्छ ।

साम्राज्ञी इन्स्टा क्रेजी छिन् । साम्राज्ञीका इन्स्टाबाट फिल्म बनाउनेहरुले नचाहेका फोटो पनि बाहिर आइरहेका हुन्छन् ।

साम्राज्ञी रातो टिका निधारमा फिल्मको छायांकन गर्न पूर्वी नेपाल पुगेकी छिन् । पूर्वी नेपालमा यो फिल्मको गीतबाटै छायांकन सुरु भएको छ । अशोक शर्माले निर्देशन गर्न लागेको रातो टिका निधारमाको रिमेक गीत खिच्न थालिएको छ ।

साम्राज्ञी पहिलो पल्ट गाउँकी यूवतीको रुपमा देखिदैछिन् । साम्राज्ञीलाई गाउँले भूमिकामा नदेखिएको आरोप लागिरहेको छ । अब, उनी पहिलो पटक देखिन लागेकी । उनको फोटो नआउने कुरा यो र ?

साम्राज्ञीले रातो टिकामा नाच्नु भन्दा अघि तयार भएको मेकअप, ड्रेसको फोटो सार्वजनिक गरेकी छिन् । यो गीतमा उनी कस्ती देखिन्छिन् भनेर दर्शकले थाहा पाए । साम्राज्ञीले सार्वजनिक गरी हालिन्, देखिइन् चै कस्तो ?