हिरोइनको खुशी

प्रियंका कार्कीलाई नेपालको पहिलो अभिनेत्री भएर कान्स फिल्म फेस्टिभलमा सहभागी भएकोमा खुशी छ । उनी, नेपालको पहिलो अभिनेत्रीले कान्समा भाग लिएको छ भनेर ठूलो स्वर लिएर कान्स पुगिन् ।

तर, कान्समा पुगेर उनी आउने बेला भएको छ । आउने बेलामा पनि उनी कान्समा गएर के गरिन् भनेर नेपाली जनता, संचारमाध्यमले थाहा पाउन पाएनन् ।

बलिउडका कलाकारको रेड कार्पेट हिडाइ हेरिरहेका दर्शकले प्रियंकाको त्यस्तै अपेक्षा गरेका छन् । फोटो आउला कि नआउला ?

प्रियंका कान्समा सहभागी भएर खुशी छिन् । उनको कान्समा उपस्थिती कस्तो हो भनेर जानकारी पाउन गाह्रो भैरहेको छ ।

बर्षा सिवाकोटी खुशी छिन् । बर्षा सिवाकोटीले मिलन चाम्स जस्तो निर्देशक अहिलेसम्म नपाए पनि अब पाएकी छिन् । मिलन चाम्सको हरेक कुराबाट प्रभावित बर्षा उनले मिलनसँग काम गर्न भन्दा अघिल्ला काम गरेका निर्देशकबाट खुशी नभएको फेसबुक स्टाटसले बताउँछ ।

मिलन चाम्सलाई ढिलो किन भेटियो भन्ने पिर उनमा छ । उनले, मिलन चाम्सँग फेरि काम गर्न पाइराखुँ भनेर चाहना राखेकी छिन् । बर्षाको खुशी मिलन चाम्ससँग काम गर्न पाउनुमा छ ।

बर्षा राउतको खुशी पनि छ । जात्रै जात्रा चलेपछि बर्षालाई खुशीले रोक्न सकेको छैन । मोफसलमा पनि पुगेर उनी आइन् । राजधानीमा पनि उनी हरेक दिन कुद्छिन् । कुदेको कुँदै । यो खुशी उनको रोकिन समय लाग्छ । जात्रै जात्राको स्पिड रोकिएको छैन । बर्षा त्यही स्पिडमा दौडिएकी पनि छिन् ।

बर्षा राउतको खुशी जात्रै जात्रा चलेर आएको हो । चौका दाउ फिल्म, गोपि फिल्म नचलेपछि बर्षालाई गाह्रो भएको थियो । गाह्रो भएकी बर्षा अहिले खुशी छिन् ।

आँचल शर्माको पनि खुशी छ । आँचल शर्मा दाल भात तरकारीमा खेलिन् । आँचलको कामलाई दर्शकले तारिफ गर्न सकेनन् । आँचललाई फिल्ममा आफू मुख्य हिरोइन भएर काम गरेकोमा खुशी छ । आँचलले २ वटा गीतमा नाचेकी छिन् । हरिवंश आचार्य जस्ता कलाकारको छोरी भएर काम गरेकी छिन् । उनको खुशी रोकिएको छैन ।

अभिनेत्रीहरुको खुशी जताततै छरपष्ट छ । फिल्म क्षेत्रमा काम गर्ने कलाकार खुशी हुन जरुरी छ । कलाकार खुशी हुँदा फिल्म क्षेत्रले खुशीको सास फेर्छ ।

सबै हिरोइन यसरी नै खुशी होउन् । किनकी, अनुहारमा चमक आएमा काम गर्न सजिलो हुन्छ ।