‘जिम ट्रेनर’को प्रेममा मलिना

सेलिब्रेटीहरुको प्रेम चर्चा हुनु खासै ठुलो कुरा हैन् । उनीहरुमाथि धेरैको नजर परेको हुन्छ । त्यसैले पनि होला, जति लुकाउन खोजेपनि उनीहरुको प्रेम लुक्दैन् । तर, कसैले पत्ता पाइहाले पनि उनीहरु ‘हैन’ भन्ने सजिलो उत्तर फर्काउँछन् । सायद, करिअरलाई नराम्रो गर्ने डरमा उनीहरुले आफ्नो प्रेम लुकाउँछन् ।

मिस नेपाल २०११ मलिना जोशीले फिल्म ‘ऋतु’मार्फत डेब्यु गरिन् ।  तर, मलिनाको फिल्मी करिअर फुल्न सकेको छैन् । उनी अभिनित कुनै पनि फिल्मले उनलाई सफलता दिएको छैन् । तर, मिडियामा भने मलिनाको चर्चा भइरहेको हुन्छ ।

उनी आफ्नो कामले भन्दा पनि बढि प्रेमले चर्चामा रहन्छिन् । कहिले प्रेम त कहिले ब्रेकअप । यिनै कुराले मलिनाको चर्चा चलिरहन्छ । मलिना पनि यस्तै कुरामा नै रमाइरहेकी हुन्छिन् ।

कुनै समय मलिनाको प्रेम अभिनेता अनुपविक्रम शाहीसँग थियो । उनीहरुको प्रेम मिडियामा खुल्लम खुल्ला थियो । उनीहरुले एक-अर्कासँगको तस्विरहरु पनि सोसल मिडियामा राखिरहेका हुन्थे ।

तर, उनीहरुको खुल्ला प्रेम लामो समय टिक्न सकेन् । उनीहरु एक-आपसमा छुटिए । अनुपसँगको ब्रेकअपपछि मलिनाले आफूलाई सिंगल भएको बताउँदै आएकी थिइन् । तर, बेला बेलामा  उनको नाम विभिन्न व्यक्तीहरुसँग नजोडिएको भने होइन ।

मलिनाको नाम यसअघि फिल्म ‘रानी’मा एकसाथ काम गरेका नायक शारुक ताम्राकारसँग जोडिएको थियो । शारुक र मलिना दुबैले यस कुरालाई नकारे । तर, उनीहरुको निकटताबाट उनीहरु प्रेममा छन् भन्ने अड्कल काट्न गाह्रो थिएन ।

अहिले भने मलिना आफ्नै जिम ट्रेनर सुशान्त प्रधानको प्रेममा छिन् । सुशान्त जिम ट्रेनरसँगै भ्लगर पनि हुन् । उनले आफ्नो विभिन्न क्रियाकलापहरुको भ्लग बनाएर युट्युबमा हालिरहेका हुन्छन् । सुशान्तले २ महिना पहिला सार्वजिक गरेको भ्लगमा मलिनालाई पनि देखाइएको छ । त्यहाँ सुशान्तले मलिनालाई आफ्नो जिम पार्टनरको परिचय दिएका छन् । तर, भिडियो हेर्दा लाग्छ, उनीहरु प्रेममा छन् । त्यसपश्चात् सुशान्तले मलिनासँगको धेरै भ्लगहरु आफ्नो युट्युबमा राखेका छन् ।

हालै उनीहरुले थाइल्याण्ड ट्रिपमा गएको भिडियो भ्लग सार्वजनिक गरे । त्यसपछि बल्ल उनीहरुको प्रेमको चर्चा सुरु भएको हो । थाइल्याण्डको भ्लगमा उनीहरुले एक-अर्कासँग ‘क्वालिटी टाइम’ बिताएको देख्न सकिन्छ ।