श्रीमानको साथ पाएपछि गरिमालाई ‘बोल्ड’ बन्न कसले रोक्ने !

सेलिब्रेटी होस् वा सामान्य युवती । ‘बोल्ड एण्ड ब्युटिफुल’ बन्न कसलाई मन नलाग्ला र ?

कुनै समय नेपाली फिल्म क्षेत्रमा नायिका गरिमा पन्ताको निकै चर्चा थियो । उनलाई सफल नायिकाको रुपमा हेर्ने गरिन्छ । उनी अभिनित धेरै चलचित्रहरु सफल पनि छन् । ‘निखिल दाई’बाट डेब्यु गरेकी गरिमाले २ दर्जन बढि फिल्ममा काम गरिसकेकी छिन् । 

उनी अभिनित दोवाटो, भाग्य विधाता, सपूत, जीवन मृत्यु, दिदी भाई, सलाम छ मायालाई, झोला लगायत फिल्मलाई निकै रुचाइएको थियो ।

गरिमाले आफ्नो फिल्म करिअरमा सोझी नायिकाको ट्याग पाएकी थिइन् । किनभने उनी फिल्मको दृष्यमा चुम्बन समेत गर्दिन थिइन् । उनको व्यवहार र बोलीचालीले पनि उनलाई सोझी नायिका भन्न बाध्य थिए अरु ।

अझ ‘झोला’ फिल्ममा काम गरेपछि झनै उनी प्रति हेर्ने नजर बदलिएको थियो । उनको कामको प्रशंसा गर्ने धेरै थिए । उक्त फिल्मबाट उनले देशमा मात्र हैन्, विदेशमा पनि चर्चा पाइन् । उनले ‘३ घुम्ती’ फिल्मबाट पनि प्रशंसा पाएकी थिइन् ।

तर, समय बदलियो । अहिले नयाँ पुस्ताका नायिकाहरुले फिल्म क्षेत्रमा आफ्नो स्थान बनाउन थालेपछि गरिमा पछि हटिन । गरिमा विवाह गरेर बेल्जियम पुगिन् । उनले बेल्जियमका नेपाली व्यवसायी हरि शर्मा थपलियासँग विवाह गरेकी हुन् ।

विवाहपछि अहिले गरिमा पन्त निकै बोल्ड बनेकी छिन् । बेल्जियमा रहेर गरिमाले आफ्नो निकै बोल्ड बोल्ड तस्विरहरु सार्वजनिक गरिरहेकी छिन् । बोल्ड बन्नलाई गरिमाले श्रीमानको पनि साथ पाएकी छिन् ।

हालै गरिमाले समुन्द्री किनारामा खिचेको तस्विरले मिडियामा राम्रो स्थान पाइरहेको छ । त्यहाँ उनलाई निकै ‘बोल्ड एण्ड सेक्सी’ अवतारमा देख्न सकिन्छ । तस्विरमा उनी निकै खुलेकी छिन् ।

गरिमाले सार्वजनिक गरेको उक्त तस्विर उनकै श्रीमानले खिचेका हुन् । अब श्रीमानकै साथ पाएपछि गरिमालाई बोल्ड बन्न कसले रोक्ने ?