लिम्बुको ‘सिटिजन युके’ सार्वजनिक

गीतकार अग्निप्रसाद केदम लिम्बुको एल्बम ‘सिटिजन युके’ सार्वजनिक भएको छ । एक कार्यक्रमकाबीच गीतकार डा. कृष्णहरि बरालको प्रमुख आतिथ्यतामा एल्बम बिमोचन गरिएको हो ।

प्रमुख अतिथि डा. कृष्णहरि बराल, सङ्गीतकार महेश खड्का, गायक दीपक लिम्बु, गीतकार अग्निप्रसाद केदम लिम्बु, रेडियो बिएफएसका स्टेशन म्यानेजर बिनोदध्वज खड्कालगायतले एल्बम विमोचन गरेका हुन् । अग्निप्रसादको एकल रचना रहेको गीतको एल्बमका सबै गीतमा दीपक लिम्बुको स्वर र महेश खड्काको सङ्गीत रहेको छ । एल्बममा सिटिजन यूके, कोखबाट जन्म पाउँदा, बोली बचन सुनजस्तो, यात्रा लामो घुम्तीको, तिमीले नै जिन्दगीको जस्ता पाँच गीत समावेश गरिएको छ ।किशोर थापाको मिक्सिङ र माष्टरिङ रहेको एल्बमका गीतमा अशोक लोहारुङ राई, अमोश तामाङ, बादल लिम्बु र सबिन लिम्बुको सङ्गीत संयोजन रहेको छ ।

तुलसी बस्नेतले सहजीकरण गरेको विमोचन कार्यक्रममा अतिथिहरुले एल्बममा रहेका गीत राम्रा रहेको बताउँदै गीतकार अग्निप्रसादलाई तथा एल्बममा जोडिएका सबैलाई बधाई तथा शुभकामना दिएका थिए । उक्त अवसरमा रमेश थापालगायत एल्बममा जोडिएका सबैलाई प्रमुख अतिथि डा. कृष्णहरि बरालले मायाँको चिनो प्रदान गरेका थिए ।