‘प्रेम गीत ३’मा को बन्लिन् हिरोइन

आसुसेन फिल्म्स प्रोडक्सनले फिल्मको मुख्य कलाकारका लागि आवेदन मागेसंगै फिल्म ‘प्रेम गीत ३’ मा मुख्य अभिनेत्री बन्नका लागी २ हजार ७ सय १४ जना युवतीले आवेदन दिएका छन् । आवेदक मध्येबाट उत्कृष्ट २५ जना युवतीलाई अडिसनका लागि छनौट गरिएको छ ।

निर्माता तथा निर्देशक सन्तोष सेन, निर्देशक छेतेन गुरुङ, सिनेम्याटोग्राफर राजेश श्रेष्ठ लगायतको टिमले २७ सय १४ जनाबाट उत्कृष्ट २५ छानेको हो । अब, उत्कृष्ट २५ बाट अभिनेत्री अर्थात फिल्मको ‘गीत’ पात्रका लागि एक जना छनौट गरिनेछ ।


छनौट गर्न लागिएकी युवतीबाट फिल्मको भित्र पात्रको चरित्र, लुक्स, उचाई, अभिनय शैली, सुन्दरता लगायतलाई ध्यान दिइने निर्माता सन्तोष सेनले जानकारी दिए । फिल्म ‘प्रेम गीत ३’ आगामी चैत्र २८ गते अलनेपाल प्रदर्शनमा आउने छ ।