साधना म्युजिक अवार्ड नोमिनेशन प्रमाणपत्र वितरण 

साधना म्युजिक अवार्डको नोमिनेसन प्रमाणपत्र वितरण गरिएको छ । साधना म्युजिक अवार्ड २०७६ का उत्कृष्ट पाँचमा परेकालाई आज एक कार्यक्रमका बीच प्रमाणपत्र प्रदान गरिएको हो । कार्यक्रम ‘अग्रजलाई सम्मान , नवलाई प्रोत्साहन कला गला संरक्षणमा हाम्रो अभियान’ भन्ने मुल नाराको साथ हुन लागेको हो ।

उदधाटन कार्यक्रम सामना म्युजिक क्रियसनकी अध्यक्ष सामना शाहको आतिथ्यतामा सम्पन्न भएको थियो भने स्वागत मन्तब्य सामना म्युजिक क्रियसनका सदस्य सचिव गोकर्ण लामिछानेले राखेका थिए । कार्यक्रमको उद्घोषण दिप ज्योति थापाले  गरेकी थिइन् ।

कार्यक्रममा रेडियो नेपालका कार्यक्रम निर्देशक नवराज लम्साल, नेपाल पर्यटन मन्त्रालयका सह सचिव घनश्याम उपाध्यय, महा लेखा परिक्षण कार्यmयका निर्देशक उपेन्द्र केशर खनाल,  चरित्र अभिनेत्री रश्मी भटट , मिडिया डवलीका पत्रकार कृष्ण पहाडि लगायतको उपस्थिति रहेको थियो ।

अवार्डमा ५० प्रतिशत भोटिङ र ५० प्रतिशत जुरीको मतका आधारमा विजेता छनोट गरिने छ । सामना म्युजिक क्रियसनको आयोजनामा हुन लागेको यस अवार्डमा लोकदोहोरी आधुनिक, पप र विधामा देशभरका कलाकर्मीहरुले सहभागी जनाएका छन् ।कार्यक्रमलाई सफल बनाउनको लागी सामना म्युजिक क्रियसनकी अध्यक्ष सामना शाह,  कार्यक्रम निर्देशक गौत्तम शेर्पा, सदस्य सचिव गोकर्ण लामीछाने लगायतको उल्लेखनीय भुमिका रहेको थियो ।