वर्षाको ‘सर’ देखि ‘प्रिय मिलन’ सम्मको यात्रा

नायिका बर्षा शिवाकोटी  गद्गद् छिन् मिलन चाम्सको फिल्म ‘बिर बिक्रम २’ को हिस्सा बन्न पाएकोमा । भलै फिल्मले सकारात्मक प्रतिक्रिया बटुल्न सकेन । भर्खरै प्रदर्शनमा आएको फिल्मका लागि उनले कडा मेहेनत गरिन् । प्रचार प्रसारमा मिडियाले स्थान नदिएको गुनासो गर्ने उनले यस पटक पनि मिडिया माथी आछेप लाउन भने छोडिनन् ।

मिलन चाम्ससंगको प्रेम सम्बन्धका बिषयमा लेखिएको समाचारको बारेमा उनले ठुलै रिस मिडियामाथि पोखिन् । तर फिल्म प्रदर्शनको केहि समय लगत्तै उनले आफ्नो प्रेम स्वीकारेकी छन् । फिल्म अनाउन्समेन्ट कै समयमा मिलनले त बर्षालाई परिवार कै सदस्य मानिसकेका थिए । अब भने बर्षाले समेत मिलनलाई ‘प्रिय’ मानेकी छन् ।

फिल्म ‘बिर बिक्रम २’ र चाम्स इन्टरटेनमेन्टसंग जोडिन पाउनुले जिन्दगी मोडिएको भनेकी छन् । लामो स्ट्याटस लेख्दै गर्दा उनले मिलन ‘सर’ बाट सुरु गरेको सम्बोधन ‘प्रिय’ मिलन चाम्समा लगेर टुंग्याइन् । त्यतिमात्र कहा हो र ! भर्चुअल मुटु नै झिकेर राखिदिइन्, मिलनका अगाडी ।

पल शाह र अनुप बिक्रम शाहीको प्रेमिका जान्ने इच्छा बर्षामा भएझैँ बर्षाको प्रेमीको नाम उनकै मुखबाट सुन्न दर्शक आतुर छन् ।