‘न यता न उता’ शिर्ष गीत सार्वजनिक

- मेराेफिल्म

फिल्म ‘न यता न उता’ ले प्रदर्शन मितितय भएको छ । फिल्म आउँदो श्रावन १७ गते बाट प्रदर्शनमा आउने छ । प्रदर्शन मिति घोषणासँगै यसको टाइटल ट्रयाक सार्वजनिक गरिएको छ । सुरज विक्रम थापा ‘बुलेट फ्लो’ ले कम्पोज गरेको गीतमा सुरजसँगै प्रिति कौरको स्वर रहेको छ । गीतमा मुख्य कलाकार मिस्टर प्रिन्स, मिराज रोश, समिर दिक्षित, नम्रता सापकोटा, प्रिति कौर फिचर्ड छन् । भिडियोलाई शिशिर घर्तिले कोरियोग्राफी गरेका हुन् ।

फिल्ममा मिराज रोश र समिर दीक्षित मुख्य भूमिकामा छन् । समीर र मिराजसँगै ऋचा शर्मा, छुल्ठिम गुरुङ, बुद्धि तामाङ , रविन्द्र झा , नम्रता सापकोटा , कमलमणि नेपाल , राजाराम पौडेल , जीवन भट्टराई, किरण राई, नमिता घिसिङ, अनु दाहाल, लुनिभा तुलाधार, अन्ना देउजा, सान्तना भट्टराई, भिमा मैनाली, राजन खतिवडा, सागर ढकाल, पवन ढकाल, विशारद बस्नेत, राजन मुकारुङ , जयनन्द लामा, सिल्सा जिरेल लगायतको अभिनय रहेको छ । फिल्मलाई मिराज र विशारद बस्नेतले संयुक्त रुपमा निर्देशन गरेका हुन् । रिना लामा कार्यकारी निर्माता रहेको फिल्ममा अमित अर्याल, बिजय अवाले, बिनिता अधिकारी, डाक्टर निराजन प्रधान ,बेनकण्ठ माकाजु , प्रतिक कर्माचार्य लगायतको लगानी रहेको छ । यसमा राजन इशान र मिलन जलनको संगीत, विक्रम स्वारको कोरियोग्राफी, अरोन अशोक कुमारको छायाँकन, मिराज रोशको कथा, अभिमन्यु निरबीको पटकथा तथा सवांद, विपिन मल्लको सम्पादन रहेको छ ।

२०७६ जेठ १२ गते १४:०२ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *