निश्चलको मायामा टोलाइन् स्वस्तिमा

स्वस्तिमा खड्कालाई निश्चलको माया कती लाग्ला ? यो सोध्ने प्रश्न होइन । किनकी, श्रीमतीलाई श्रीमानको माया अथाह लाग्छ । श्रीमानलाई श्रीमतीको माया अथाह लाग्छ होला ।

स्वस्तिमा र निश्चल घामट शेरेमा सँगै काम गर्दैछन् । पहिलो पटक हो, स्वस्तिमा र निश्चलले पुरा फिल्ममा काम गरेका छन् । कुटुमा कुटु, नाच फिरिरी जस्ता हिट गीतमा स्वस्तिमा र निश्चलले नाचेका थिए ।

पुरै फिल्ममा काम गर्दा त दर्शकलाई कस्तो फिल्म बन्यो होला भन्ने आउँछ । आउन पनि पर्छ । स्वस्तिमा र निश्चलको माया सुटिङमा झनै बढेको छ ।

माया पनि यसरी बढेको छ, स्वस्तिमा निश्चललाई हेरेर टोलाउन थालेकी छिन् । निश्चलको अंगालोमा बाधिएर स्वस्तिमा तिम्रो मायाले बाँधेर राखेर भन्दैछिन् ।

स्वस्तिमाको प्रेम निश्चलका लागि आँखामा देखिएको हो । आँखामा स्वस्तिमाको प्रेम निश्चलका लागि छल्किएको देखिएको छ ।