टिकटक सेलिब्रेटीको हत्यामा संग्लग्न एक पक्राउ

भारतीय टिकटक सेलिब्रेटी तथा जिम ट्रेनर मोहीत मोरको हत्यामा संलग्न भएको आरोपमा दिल्ली पुलिसले एक किशोरलाई पक्राउ गरेको छ । १७ बर्षिय किसोरलाइ मोहितले विवादको क्रममा पिटेका थिए । कल डिटेलको आधारमा उनलाई द्वारका नजिकै बाट पक्राउ गरिएको छ भने घटनामा संलग्न २ आरोपी फरार छन् ।

मोहितले आफुलाई कुटेको रसोही रिसमा आएर हत्या प्लान गरेको किसोरले बताएका छन् । जसका लागि उनले २ साथीको साथ समेत लिएका थिए । साथीको सैलुनमा बसिरहेको समयमा अन्धाधुन्ध गोली चली मोहितको घटनास्थलमा नै मृत्यु भएको थियो ।