समय घर्किएपछि संयमित भएर सविनलाई के काम

अभिनेता सविन श्रेष्ठको फिल्म रिलिज नै रिलिज भएका छन् । सविनले हिरो रिटन्र्स रिलिज गर्न सकेका छैनन् । फिल्म बनाउन भन्दा त रिलिजै गर्न गाह्रो हुन्छ भनेर वुझेका छन् उनले । सविनलाई फिल्म रिलिज गरेपछि चल्दैन भन्ने डर छ कि के हो ? फिल्म त सबैले भटाभट रिलिज गरिरहेका छन् । सविनलाई के को डर हो ?

सविनले फिल्म अझै ६ महिना नगर्ने पनि संचारमाध्यमलाई बताएका छन् । फिल्मको कथा छान्न अब उनी संयमित भएछन् । फिल्म छान्नका लागि कथामा ध्यान दिने उनले बताउन थालेका छन् ।

सविनलाई अहिले फिल्म पाउन गाह्रो छ । फिल्ममा उनीपछि अरु थुप्रै अभिनेता आएर हिट भैसकेका छन् । सविनले फिल्मको कथामा ध्यान नदिएर असफल भए ।

सविन अब आएर कथामा संयमित हुने बताउँदैछन् । तर, अब त ढिलो भयो होला । सविनलाई फिल्म नै पाउन अप्ठ्यारो परेको बेलामा कथा छान्छु भनेर होला र ?

सविन कथा छान्नमा संयमित हुन ढिलो भएन र ? पहिले नै यो सोचेको भए के हुन्थ्यो ?