‘कुम्भ करण’को फरक प्रचार शैली, खेलायो फुटसल

यही जेठ १७ गतेदेखि प्रदर्शनमा आउन आउने फिल्म ‘कुम्भ करण’ टिमले फिल्म  प्रचार प्रसार गर्दै फुटसल खेलेको छ । आईतवार मैतिदेवी स्थित मैतिदेवी फुटसलमा ‘कुम्भ करण’ टिम, रंग पत्रकार र होस्टेलमा बस्ने विद्यार्थी बिच खेल भएको थियो । खेलमा सबै टिमलाई हराउँदै होस्टेल विद्यार्थीहरुको टिमले प्रथम स्थान हासिल गरेको छ । त्यस्तै ‘कुम्भ करण’ र मिडिया ‘टिम ए’बीच भएको खेलमा मिडिया ‘टिम ए’ले जीत हासिल गरेर दोस्रो स्थान बनायो भने ‘कुम्भ करण’ टिम तेस्रो बन्यो बनेको थियो । मिडिया ‘टिम बि’ भने दुई खेल हारेर आउट भयो ।

आकाश पल इन्टेर्टेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्म ‘कुम्भ करण’ मा निशा अधिकारी ,गौरब पहाडी, भोलाराज सापकोटा , अभय बराल, प्रमोद अग्रहरी , आकाश पल, कुलदिप अधिकारी , कमल गाउले , प्रतिभा छेत्री, सुधब थापा लगाएतको अभिनय रहेको छ । फिल्म रिच इन्टरटेरमेन्टका करण श्रेष्ठले वितरण गर्दै छन । फिल्मका कार्यकारी निर्मातामा रोम ओली र चुपनिधि रिजाल (अरुण) रहेका छन भने लाईन प्रडूसर सरिता गिरि रहेकी छन् ।

फिल्ममा महेश दवाडीको पटकथा सम्बाद, गोबिन्द मधुर आचार्यको संगीत र कोरियोग्राफीमा सुनिल बसेल रहेका छन ।फिल्म हरि घले लामाले खिचेका छन भने सम्पादन मिलन श्रेष्ठको रहेको छ । फिल्ममा चित्र बहादुर घर्ति मगर र क्षितिज बस्नेतको निर्माण रहेको छ । फिल्मका सह निर्माताको रुपमा गिर प्रसाद घर्ति मगर र विजय श्रेठ रहेका छन् ।