बस्नेत परिवारको फिल्ममा पूजा शर्मा

फिल्म ‘बद्रि बहादुर’ को गीतमा पुजा शर्मालाई देख्न पाइने भएको छ। फिल्मको एक गीतमा पूजाको नृत्य रहेको छ । गीतमा उनी सलोन बस्नेतसंग देखिदै छिन् ।सलोन भने प्रहरी इनिस्पेक्टरको भूमिकामा देखिएका छन् । फिल्मका मुख्य कलाकार ‘बद्रि बहादुर’ को भूमिकामा जय किशन बस्नेत रहेका छन् । गीतमा शिव विकको कोरियोग्राफी रहेको छ।

फिल्मको निर्देशन शोभित बस्नेतले गर्दै छन् । यहि फिल्म मार्फत राजीव जंग बस्नेतले फिल्म जगतमा डेब्यु गर्दै छन् । फिल्ममा छायांकन बिनोद सापकोटाले गर्दै छन् । फिल्मका अन्य कलाकारमा छुल्टिम गुरुङ, लय संग्रौला, धिरेन शाक्य लगायत रहेका छन् ।  फिल्म बस्नेत परिवारको निर्माणमा बन्दै छ ।