‘छ माया छपक्कै’ मा भित्रिइन् सुपुष्पा

फिल्म ‘छ माया छपक्कै’ मा नयाँ नायिका भित्रिएकी छन् । फिल्म रणवीर मार्फत चर्चामा आएकी सुपुष्पा भट्ट फिल्मका लागि फाइनल भएकी हुन् । फिल्ममा उनको खासै लामो भूमिका नभए पनि यादगार भूमिका रहेको निर्माण टिमले बताएको छ ।

आमा सरस्वती मुभिज र रोहित अधिकारी फिल्मस्को संयुक्त ब्यानरमा निर्माण भैरहेको फिल्म ‘छ माया छपक्कै’ का निर्माता रोहित अधिकारी रहेका छन् । फिल्म दिपेन्द्र लामाले निर्देशन गर्दैछन् भने छायांकन हरी हुमागाईंको छ । फिल्मका लागि कलाकार केकी अधिकारी, दिपकराज गिरी, दीपा श्री निरौला, जितु नेपाल र केदार घिमिरे छन् । फिल्ममा केकी र दिपक पहिलो पटक जोडीको रुपमा देखिदैछन् । फिल्मले करिब ४० वर्ष उमेर अन्तर रहेको जोडीको कथा भन्ने छ । फिल्म आउँदो बर्षको दशैंमा रिलिज हुनेछ । फिल्ममा दिपाश्री निरौला सल्लाहकार निर्देशकको रुपमा रहेकी छन् ।