फिल्म झट्काको पहिलो गीत सार्वजनिक

फिल्म ‘झट्का’ को पहिलो गीत ‘माया बस्यो रेडिमेड’ सार्वजनिक भएको छ । गीतमा मनिष रेश र सहिमा श्रेष्ठले आवाज, दिनेश सुवेदीको शब्द तथा पुरुषोत्तम न्यौपानेको संगीत छ । गीतमा सुरेश पाण्डेको कोरियोग्राफी छ । भिडियोमा सुरविर पण्डित (दाह्री बा), श्यामलाल श्रेष्ठ र मनिता श्रेष्ठ फिचर्ड छन् ।

रमेश बिसुङ्खेको लेखन तथा निर्देशन रहेको फिल्म जेष्ठ ३१बाट प्रदर्शनमा आउने छ । जीवन पराजुलीले खिचेको फिल्मका निर्माता तुलसीलाल नेवा हुन् । फिल्मका कार्यकारी निर्मातामा शेखर बिसुङ्खे रहेका छन् । फिल्ममा सुरविर पण्डित, श्याम लाल श्रेष्ठ, रक्षा गुरागाइँ, ईश्वर गुरुङ, मनिता श्रेष्ठ, उमेश बिसुङ्खे, हिक्मत कुवँर, प्रदिप काफ्ले अगायत कलाकारको अभिनय छ ।