‘ए माया’ भन्दै पल र वर्षा (भिडियो)

हिमाल सागरको ‘ए माया’  गीत सार्वजनिक भएको छ । दिपक शर्मा ओलीको शब्द रहेको गीतमा अर्जुन पोखरेलको संगीत तथा संगीत संयोजन रहेको छ । पल शाह र वर्षा राउतको अभिनय रहेको भिडियो बुद्ध थापाले छायाँकन गरेका हुन् । सुबोल थापाको कोरियोग्राफीमा तयार भएको गीतको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् । गीतको भिडियोलाई बिकास धमलाले सम्पादन गरेका हुन् ।