कान्समा प्रियंकाको झुटो उपस्थिती

नेपाली दर्शकलाई कान्स फिल्म फेस्टिभलको चासो यो पटक बढ्यो । यो पटक नेपालबाट अभिनेत्री प्रियंका कार्की पुगेपछि कान्सप्रति चासो बढेको हो ।

कान्स फिल्म फेस्टिभलमा विश्वमा चर्चित भएका कलाकारलाई उपस्थित गराएर रेड कार्पेटमा थरी थरीका कपडामा हिडाइन्छ । कान्समा अन्य सह-कार्यक्रम हुन्छन् । कान्समा सह-कार्यक्रममा फिल्म शो, फिल्मका प्रतिस्पर्धा हुने गरेका छन् ।

हिरोइन प्रियंका कार्कीले कान्समा जानु भन्दा पहिला नेपालमै उनको कान्स जानुको कारण, उनले गर्ने कामको सूची भनेकी थिइन् ।

कान्स फेस्टिभलमा प्रियंकालाई बलिउडका ऐश्वर्य राय, दिपिका पादुकोण, हलिउडकी सेलेना गोमेज जस्ता कलाकारको जस्तै मोहित बनाउने कपडा लगाएर रातो कार्पेटमा सयौ क्यामेरा खिच्ने फोटोग्राफरको विचमा हेर्न पाइन्छ भनेर प्रियंकाका फ्यानले सोचेका थिए । प्रियंकाले रेड कार्पेटमा हिड्ने भनेर पनि भनिन् ।

उनले, नेपाली संकृतीलाई झल्को दिएर विश्वमै नेपाललाई चिनाउँछु भनेर पनि भनिन् । उनको कुराले नेपाली मन फुल्यो ।

प्रियंकाको यो सबै कुरा झुटो भयो । प्रियंकाले त्यस्तो केही पनि गरेको देखिएन, जुन उनले भनेर गएकी थिइन् ।

उनको कमजोरी नै कमजोरी देखिएको छ । उनी रेड कार्पेटमा हिड्न पाइनन् । उनले रेड कार्पेटमा हिड्ने बताएर गएकी हुन् ।

प्रियंकाले प्रियंका चोपडाको स्टाइल पुरै चोरिन् । उनले आफ्नो कुनै पनि स्टाइल निकालिनन् । कान्समा गएर उनले लगाएका कपडाहरु सबै प्रियंका चोपडाको फलो थियो । उनले, फोटो पनि प्रियंका चोपडाको जस्तै खिचाइन् । नेपालबाट गएकी हिरोइनलाई बलिउड हिरोइनको सिको सिक्न किन आवश्यक पर्यो ?

प्रियंकाले नेपाललाई चिनाउने काम गर्छु भनेर भनेकी थिइन् । उनी, कान्समा पुगेर कुन काम गरिन् जसले उनलाई नेपाल चिनाउन मद्दत गरेको छ । कार्कीले नेपालको झल्को आउने ड्रेसमा सांकृतिक कार्यक्रममा नृत्य गर्ने भनेकी थिइन् । तर, उनको तस्बिर हेर्दा उनी कोठाबाट बाहिर जान सकेको देखिएन ।

कान्स फिल्म फेस्टिभलमा पहिलो पटक जान लागेको भनेर प्रियंकाले झुट बोलिन् । उनी गएको कान्समा गएर निर्देशक मिन बहादुर भामले महंगो पुरस्कार जितेका छन् । कान्समा प्रियंका गएको जस्तै गरेर जानका लागि अरुलाई पनि गाह्रो भएको पाइन्न ।

कान्समा पुग्ने पहिलो मै हु भनेर प्रियंकाले झुटो किन बोलिन् ? कान्सको सूचीमा नभएको कार्यक्रममा म जान्छु भनेर कार्कीले गफ दिइन् । जाने बेलामा ठूलै बाजा बजाएर प्रियंका गएकी थिइन् ।

प्रियंका कान्समा गइन्, आइन् । उनी जाँदा आउँदा उनलाई संचारमाध्यमको स्पेश मिलेको छ । तर, नकारात्मक तरिकाले । यसरी स्पेश पाउनु राम्रो होइन । किनकी, उनको बोलीमा विश्वास कम भएको छ । अभिनेत्री कार्कीले दिएको अभिव्यक्तिलाई पत्याउन अब मुश्किल हुन्छ ।