गीतकार योन्जन र तामांगको विद्यार्थीलाई सहयोग

साहित्यकार तथा गीतकार दिलिप योञ्जन तामाङ र लक्ष्मी गुरुङ तामाङले स्कुलका बिद्यार्थीलाइ सहयोग गरेका छन् ।  काठमान्डौको बुढानिलकण्ठ अवस्थित श्री जय भद्रकाली आधारभूत विद्यालयका ५२  जना विद्यार्थीहरुलाई उनीहरुले पूर्ण भर्ना, विद्यालय पोशाक, जुत्ता, कपी कलम लगायतका ३  लाख ५ हजार ४ सय बराबरको सहयोग उपलब्ध गराएका हुन् ।

गत शैक्षिक सत्रमा ५२ जना विद्यार्थीलाई उपलब्ध गराइएको पूर्ण छात्रावृत्तिलाई यस शैक्षिक सत्रमा पनि निरन्तरता दिदै यस शौक्षिक सत्रमा पनी निरन्तरता दिइएको दिलिप योञ्जनले बताए  । उनले विगत ३ वर्ष देखी सो विध्यालयमा अध्ययनरत बालबालिकाको लागी आर्थिक सहयोग गर्दैँ आएका छन् ।

गरिबी कै कारण पढ्न लेख्नबाट बञ्चित नहुन भन्ने आफनो चाहना रहेको ले आफुले सहयोग गरेको उनले बताए  । आफू सामुदायिक विद्यालयकै उत्पादन भएकोले पनि सामुदायिक विद्यालयमा पढ्न आउने केटाकेटीहरुको मनोविज्ञान र आर्थिक अवस्थाबारे राम्रो जानकारि रहेको समेत बताए  ।