सुपुष्पालाई ब्यानरको लोभ

रणवीर फिल्म हिट नभएर के भयो त ? अभिनेत्री सुपुष्पा भट्टलाई फिल्मको अफर आएको छ ।

सुपुष्पा कस्तो फिल्म गर्दा ठिक होला भन्ने नै वुझ्न सकेकी छैनन् । उनलाई नेपाली फिल्मको अफर पनि आएको छ । भोजपुरी फिल्मबाट पनि उनी अफर आएको बताउछिन् ।

सुपुष्पाले मुख्य अभिनेत्रीको भूमिकामा आएको अफरलाई अस्विकार पनि गरेकी छिन् । तर, उनी छ माया छपक्कै फिल्म गर्न भने लागेकी छिन् ।

सुपुष्पा यो फिल्ममा मुख्य अभिनेत्री होइनन् । उनको भूमिका धेरै छैन भन्ने खबर त आइसकेको छ । सुपुष्पाको भूमिका छोटो तर राम्रो भनिएको छ ।

सुपष्पाले मुख्य भूमिकामा आएका अफर अस्विकार गरिरहँदा छ माया छपक्कै खेल्न तयार हुनुको कारण के हुन सक्ला ?

सुपुष्पालाई यो फिल्म हिट हुन्छ भन्ने लागेको छ । दिपकराज गिरी, दीपाश्री निरौलाको टिममा प्रवेश गर्दा अर्को फिल्ममा मुख्य हिरोइन बन्न सकिन्छ भन्ने उनलाई लागेको छ । यही भएर पनि होला, सुपुष्पाले मुख्य अभिनेत्रीको भूमिकालाई अस्विकार गर्दा सानो भूमिका गर्न तयार भएकी छिन् ।

सुपुष्पालाई ब्यानरको लोभ लागेको होला त ?