अस्ट्रेलियामा ‘जात्रै जात्र’ टिम

फिल्म  ‘जात्रै जात्रा’ अस्ट्रेलियामा समेत प्रदर्शन भइरहेको छ  । सोहि क्रममा फिल्मको टिम अस्ट्रेलिया प्रमोसनको लागि जाने क्रममा रहेको छ । कलाकार विपिन कार्की अष्ट्रेलिया पुगिसकेका छन् भने वर्षा राउत, प्रदीप भट्टराई, रविन्द्र सिंह बानिया पनि आजै अष्ट्रेलिया उड्दैछन् । फिल्मले अस्ट्रेलियामा समेत राम्रो ब्यापार गरिरहेको छ ।

प्रदिप भट्टराइको निर्देशनमा तयार भएको यो फिल्मका कार्यकारी निर्माता रविन्द्र सिंह बनियाँ हुन् । फिल्ममा यज्ञश्वर पौडेल र सिंगे लामाको लगानी छ । फिल्ममा कलाकार दयाहाङ राई, विपिन मल्ल, कलाकार रविन्द्र झा, रविन्द्र सिंह बानियाँ, बर्षा राउत, राजाराम पौडेल लगायतको अभिनय रहेको छ । फिल्म जेठ ३ गतेबाट प्रदर्शनमा आएको हो ।