रीमालाई नाजिरसँगको डेटिङको प्रश्न

रीमा विश्वकर्मालाई नेपाल आइडल चलाएपछि फाइदा भएको छ । रीमा नेपाल आइडलको कार्यक्रम संचालिका बन्दा बढी चिनिएकी छिन् । फिल्म खेलेर त उनलाई फाइदा भएन । किनकी, रीमाले खेलेका फिल्म चलेनन् । उनी, फिल्ममा चलेकी पनि छैनन् ।

रीमा विश्वकर्मा र अभिनेता नाजिर हुसेन एउटा कार्यक्रममा सँगै पुगेका थिए । उनीहरु सँगै पुग्दा फ्यानको मनमा नाजिर र रीमाविच प्रेम चलेको छ भन्ने लागेको छ ।

रीमालाई फ्यानले नाजिर हुसेनसँग डेटमा हो तपाई भनेर सोधेका छन् । तर, रीमाले पनि आफूहरु राम्रो साथी हो भनेर जवाफ दिएकी छिन् ।

नाजिर र रीमाको डेटिङको प्रश्न फ्यानको मनमा किन  उब्जिएको होला ? रीमा विश्वकर्माको प्रेमको बारेमा खबर पहिले आउथ्यो । तर, अहिले रीमाको प्रेमको  खबर आउन छाडेका छन् । रीमा के साच्चै कसैसँग डेटमा छिन् होला त ? रीमालाई भन्दा बढी यो जानकारी अरु कसलाई होला ।