कसरी छानियो ‘प्रेम गीत ३’ का लागि युवती?

फिल्म प्रेम गीत ३ का लागि नायिका छनौटका लागि २५जना छानिएका छन् । प्रदीप खड्का ‘प्रेम’ को भूमिकामा देखिने छन् भने महिला कलाकार ‘गीत’ कालागि आवेदन मार्फत फाइनल गर्ने निर्णय गरिएको थियो । यसै क्रममा छनौटमा परेका युवतीको तस्विर सार्वजनिक भएको छ ।  जस मध्ये कति पहिला नै पर्दामा देखिइसकेका छन् भने केहि अनुहार नयाँ छन् ।

फिल्म सय कडा दसबाट करुणा श्रेष्ठ, हृदयभरीबाट श्रद्धा क्षेत्री, लभ यु बेबी बाट पुजा तिवारी, यो माया कस्तो मायाबाट ऋतु पौडेल र चि मुशी चिबाट अलिशा शर्मा यस अघि नै नेपाली फिल्म क्षेत्रमा प्रवेश गरिसकेका थिए । बाकी पनि कोही म्युजिक भिडियो त कोहि मोडलिंगमा देखिएका अनुहार छन् भने केहि भने फ्रेश अनुहारसमेत रहेका छन् ।

अमेरिका, अस्ट्रेलिया,युके, दार्जेलिंगलगायत स्थानका युवतीहरु निर्माण टिमको नजरमा परेको देख्न सकिन्छ । यहि २५ मध्ये बाट कोहि हिरोइन बन्ने पक्का छ । तर को बन्छ त ‘गीत’ भनेर तथा पाउन केही समय कुर्नुपर्ने देखिएको छ ।

निर्देशक छेतन गुरुङ्गको साथमा निर्माता सन्तोष सेनले मिलेर निर्देशन गर्दैछन् । आशुसेन फिल्मस् को ब्यानरमा निर्माण हुन लागेको बिषयमा प्रदर्शन मिति बाहेक केहिको पनि औपचारिक जानकारी आएको छैन ।

यहि चैत्र २८ गतेबाट प्रदर्शनमा आउने फिल्मका लागि क्यारेक्टरमा सुट हुने युवतीहरु मध्ये उत्कृस्टलाइ छनौट गरेको भनेर निर्माण टिमले भनेको छ । तर छानिएका युवतीमा एकरुपता भने देख्न सकिएको छैन । अन्य जानकारी समेत बाहिर नआएको अवस्थामा फिल्मको कथा त फाइनल भयो नि भन्ने जिज्ञासा बढेको छ । खैर फिल्मलाई सफलताको अग्रिम शुभकामना ।