प्रदीप खड्का ‘प्रेम’ का ‘गीत’ (फोटोसहित)

फिल्म प्रेम गीत ३ का लागि नायिका छनौटका लागि २७१४ जनाको आवेदनबाट २५जना अडिसनका लागि छानिएका छन् । प्रदीप खड्का ‘प्रेम’ को भूमिकामा देखिने छन् भने महिला कलाकार ‘गीत’ का लागि आवेदन मार्फत फाइनल गर्ने निर्णय गरिएको थियो । यसै क्रममा छनौटमा परेका युवतीको तस्विर सार्वजनिक भएको छ । जस मध्ये कति पहिला नै पर्दामा देखिइसकेका छन् भने केहि अनुहार नयाँ छन् । छनौटमा परेका प्रतियोगीहरुको जानकारी हामीले पाए सम्म तस्विर सहित पोस्ट गरेका छौ । विभिन्न परिवेश र पृष्ठभूमिबाट आएका प्रतिष्पर्धी मध्येबाट फिल्मका लागि निर्माण टिमले त छनौट गर्ने नै छ । तर तपाइँ कसलाई ‘गीत’ बनेको हेर्न चाहनुहुन्छ प्रतिक्रिया दिनुहोला  ।

विदेशमा भएकाहरुले अडिसनमा सहभागी हुन नसक्ने भएको कारण एउटा गीतमा नृत्य, दुइवटा सिचुएसनमा अभिनय गरेर भिडियो पठाउनु पर्ने छ । नेपालमा भएकाहरु भने अडिसन मा सहभागी हुनपर्छ । अडिसनमा समेत विभिन्न राउण्ड हुने निर्माण टिमले भिडियो सार्वजनिक गर्दै जानकारी दिएको छ ।

हेर्नुहोस् गीतका लागी छानीएका २५ युवती हरु –

सन् २०११मा मिस कलेजको उपाधि जितेसंगै करुणा श्रेष्ठले मोडलिंगमा पाइला चालेकी थिइन् । उनले धेरै पटक र्याम्प वाक गरेकी छन् । ‘को होला त्यो’ गीतको भिडियोमा अभिनय गरेकी उनले फिल्म सयकडा दस मार्फत फिल्ममा डेब्यु गरेकी हुन् उनले केहि बिज्ञापनमा समेत अभिनय गरेकी छन् ।

मिस ग्लोबल इन्टरनेसनलमा सहभागी भएकी अनुशा अस्ट्रेलिया बसेर मोड्लिंग तथा र्याम्प वर्क गर्दै आएकी छन् ।

भाविका लन्डनमा बस्दै आएकी छन् । उनी ग्ल्यामर फिल्डमा रुची राख्ने भएकै कारण प्रेम गीत ३ का लागि सहभागी हुन आएकी हुन् ।

दिव्यानी ओली तुलसीपुर दाङकी स्थाई बासिन्दा हुन् । ग्ल्यामर फिल्डमा रुची राख्ने उनी राजधानीमा हुने विभिन्न र्याम्प वर्कमा सहभागी हुने तथा मोड्लिंग र फोटोसुट गर्ने गर्छिन् ।

बुगीउगी विनर कविता नेपाली जोडदार नृत्यका कारण चर्चित छन् । उनले मोडलिंग गरेका धेरै गीत ट्रेन्डीङमा परेका छन् ।  नृत्य संगसंगै अभिनयमा रुची राख्ने उनी शोही रुचीका कारण आशुशेन फिल्म्सले खोजेको नायिका म बन्न सक्छु भनेर दौडमा निस्किएकी छन् ।

सुनको चुरा, के यो माया हो, यो जुनीमा लगायत चर्चित गीतमा मोड्लिंग गरेकी क्रिस्टिना थापाको नेपाली गीत संगीतका श्रोता दर्शकमाझ छुट्टै क्रेज रहेको छ । उनी ठुलो रकम लिएर गीतमा अभिनय गर्ने गर्छिन् ।

अन्नपुर्ण मिडिया ग्रुपमा काम गर्ने मानस्वी खरेल फिल्म रानी महलका लागि छानिएकी थिइन् । अडिसन मार्फत छानिएकी उनले वर्कशपमा सहभागी समेत भएकी थिइन् । तर निर्माण टिमको म्यानेजमेन्टका कारण उनी बाहिरिएकी थिईन् । र उनले सम्पूर्ण इनर्जी ‘गीत’ बन्नमा लगाइरहेकी छन् ।

अर्की सहभागी निलम नेपाल मै बसेर मोड्लिंग, र्याम्प वर्क र फोटो सुटगर्ने गरेकी छन् । उनी फिल्मका लागि आफुलाई लायक सम्झिएर सहभागिता जनाएकी हुन् ।

रिया, प्रदीप अर्थात ‘प्रेम’ कि क्रेजी फ्यान हुन् । उनी प्रदीपलाइ भेट्ने, फोटो खिच्ने गर्छिन् । सोहि कारण उनी प्रेमको गीत बन्न आतुर छिन् ।

फ्रेश फेस रुबी समेत प्रदीप कि फ्यान हुन् , गीत बन्छीन की ।

बेंकिंग सेक्टरमा काम गर्ने सबिना फिल्म, मोड्लिंग र ग्ल्यामरको फिल्डमा काम गर्न चाहन्छिन् ।

इटालीमा बस्ने सरिना फोटो सुटमा रुची राख्छिन् ।

जनता टेलिभिजनमा काम गर्ने साक्षी लम्साल मोड्लिंग र फोटो सुटमा रुची राख्छिन् ।

नेपालमा बसेर मोड्लिंग र्याम्प वर्क र फोटो सुटमा रमाउने शिक्षा ‘गीत’ का लागि एक अब्बल दावेदार हुन् ।

लोक तथा दोहोरी गायिका मन्जु पौडेल कि छोरी स्नेहा पौडेल अस्कर कलेजकी बिद्यार्थी हुन् । उनले म्युजिक भिडियोमा अभिनय समेत गरेकी छन् ।

मोड्लिंग र फोटोसुटमा रमाउने तमन्ना के.सी  ‘गीत’ बनेर नेपालीमाझ चिनिन आतुर छिन् ।

मोडलिंग गर्ने तनुजा ग्ल्यामर फिल्डमा चम्किन चाहन्छिन् ।

प्रदीप खड्काको फ्यान याना प्रेम गीत ३ मार्फत आफुलाइ गीतको रुपमा स्थापित गर्न आतुर छिन् ।

भारतीय टेलिभिजनबाट प्रसारित रियालिटी शो स्प्लिट भिल्ला मार्फत चर्चामा आएकी अलिशा शर्मा पछिलो समय नेपालकी हाइ डिमाण्डकी मोडलको रुपमा स्थापित छन् । उनले फिल्म चि मुसी चि मार्फत नेपाली फिल्मी जगतमा समेत पाइला टेकेकी छन् ।

फिल्म हृदय भरि मार्फत दार्जेलिंगकी श्रद्दा क्षेत्रीले नेपाली फिल्मी जगतमा पाइला टेकेकी छन् ।  उनी ‘गीत’बनेर चर्चा कमाउन चाहन्छिन्

नायिका बन्न नै चितवनबाट काठमान्डौ आएकी पूजा तिवारीले फिल्म ‘लभ यु बेबी’ खेलिन् । ५ बर्षको नृत्य प्रशिक्षण पछि फिल्ममा आएकी उनको आगामी ड्रिम प्रोजेक्ट प्रेम गीत ३का लागि उनी छानिन सफल बनुन, शुभकामना ।

फिल्म ‘यो माया कस्तो माया’ मा सभ्यताको भूमिकामा देखिएकी ऋतु पौडेल आगामी प्रोजेक्ट ‘प्रेम गीत ३’ को गीत  बन्ने तयारीमा लागेकी छन् ।

ब्युटी प्याजेन्ट मिस नेपाल नर्थ अमेरिकाको बोर्ड अफ डिरेक्टर लाक्पा तमाङ नर्सिंङकी बिद्यार्थी हुन् । न्युरो र ओम अस्पतालमा काम गरीसकेकी उनी अमेरिकामा हुने नेपाली फिल्म प्रदर्शनको इभेन्ट म्यानेजमेन्ट समेत गर्ने गर्छिन् । २०१३ कि मिस तमाङ विजेता ,उनले मिस नेपाल २०१४ मा मिस ट्यालेन्ट र मिस बब्लीको उपाधि समेत प्राप्त गरेकी थिइन्।

 

अमेरिका निवासी क्रिस्टिना खड्काले केहि म्युजिक भिडियोमा अभिनय गरेकी छन् ।  ग्ल्यामर फिल्डमा रुची राख्ने उनी अमेरिकामै अध्ययन समेत गर्दै छिन् ।  फिल्म प्रेम गीत ३को अडिसनका लागि उनी नेपाल आएकी हुन् ।

प्रकाश सपुतको गीत ‘बोल माय’ मार्फत चर्चामा आएकी मोडल अन्जली अधिकारी फिचर्ड पछिलो गीत ‘गलबन्दी’ समेत चर्चाको शिकारमा छ । विभिन्न चर्चित गीतको भिडियोमा  फिचर्ड उनको बाहिरी आवरण र अभिनय दुवै अब्बल छ ।