सन्नी र अनुपको फिल्म ‘पासवर्ड’ प्रदर्शन मिति तय

बलिउड नायिका सन्नी लियोनीको आइटम गीत रहेको फिल्म ‘पासवर्ड’ को प्रदर्शन मिति तय भएको छ । नायक अनुप बिक्रम शाही मुख्य भूमिकामा रहेको फिल्म यहि भदौ २७ बाट प्रदर्शनमा आउने छ ।

फिल्मलाई बिक्रम जोशीले निर्माण गरेका हुन् । अमित बस्नेत र हिरल जोशीको समेत लगानी रहेको फिल्ममा छुल्ठिम गुरुङ,  बुद्धि तामाङ,  बिक्रान्त बस्नेत, रविन्द्र झा,  प्रविण खतिवडा, लिशा सुनार, परि राना लगायतको समेत अभिनय रहेको छ । फिल्ममा सन्निले एक आइटम दृश्य दिएकी छन् । एबि इन्टरटेन्मेन्टको ब्यानरमा बनेको फिल्मलाई सौरभ लामाले खिचेका छन् भने कोरियोग्राफी रामजी लामिछानेको रहेको छ ।