जेठ १७ मा ३ ‘क’

शुक्रबारबाट रिलिजमा आउने तिन नेपाली फिल्ममा एउटा संयोग रहेछ । नेपाली फिल्मलाई रिलिज गर्न समस्या छैन । तर, इगो राख्दा जुध्न तयार हुने निर्माण छन् धेरै ।

जेठ १७ मा तिनै वटा फिल्म किन ल्याउनु परेको थियो भनेर कसले सोध्ने, कसले भन्ने ? शुक्रबारदेखि रिलिज हुने ३ फिल्मको नाम क बाट आउँछ । यो संयोग मात्र होला ?

अनुप विक्रम शाहीले अभिनय गरेको कब्स, सविन श्रेष्ठले अभिनय गरेको काउँसो, गौरव पहारीले अभिनय गरेको कुम्भ करण शुक्रबारदेखि रिलिज हुन लागेका छन् ।

तिनै फिल्ममा दर्शक तान्न सक्ने खुबी राख्ने हिरोहरु छैनन् । अनुप सोलो फिल्ममा चलेका छैनन् । सविन र गौरवको हालत उही छ ।

बैशाख महिनामा दाल भात तरकारी, जेठ महिनामा जात्रै जात्रा चलेका छन् । फिल्म चलेको बेलामा तीन वटा फिल्म चलेमा निर्मातालाई खुशी हुने ठाउँ मिल्नेछ ।

तर, तिन कको संयोग परेको शुक्रबार, स्टार बन्न खोज्ने तीन हिरोको लडाई पनि होला ?