प्रकाश सपुत, गलबन्दी र लोक भाका

प्रकाश सपुतको गीत ‘गलबन्दी’ सार्वजनिक भएको छ । सपुतको स्वर, शब्द तथा संगीत रहेको गीतमा शान्ति श्री परियारले आवाजमा साथ दिएकी छन् । गीत सार्वजनिक भएको केहि समयमा नै सामाजिक संजाल युटुवको ट्रेन्डीङमा पर्न सफल भएको छ ।

सपुतलाइ लोक दोहोरिको क्षेत्रमा ट्रेन्ड चेन्जरको रुपमा समेत लिन सकिन्छ । दोहोरी ब्याटल मार्फत उनले दोहोरीकै शैलीमा नयाँ प्रयोग गरे जुन अत्याधिक रुचाइएको छ । त्यस लगत्तै अधिकाम्स नेपालिको बिदेशिनु पर्ने बाध्यता र बिदेसबाट लास बनेर फ़र्किएकाहरुको वास्तविकतालाइ समेटर ‘बोल माया’ गीत सार्वजनिक गरे । बोल माया पश्चात दोहोरि ब्याटल २ सार्वजनिक भयो । त्यसको केहि समय पस्चात उनको गलबन्दी सार्वजनिक भएको छ जसले बिसुद्ध नेपाली लोक भाकाको प्रतिनिधित्व गर्छ । ‘गलबन्दी’ लाइ बोल मायाको प्रिक्वेलको रुपमा ल्याइएको छ । यसरि हेर्दा सामान्य गीत गाइरहेका सपुतले आफुलाई मात्रै चिनाएनन् कि नेपाली गीत संगीतको क्षेत्रमा अतुलनीय योगदान पुर्याएका छन् ।

लोक गीतमा शब्द संकलनको ठाउ शब्द शिर्जनाले लिएको छ । त्यति मात्र नभएर नेपाली भाकामा पस्चात्य शब्दको प्रयोग समेत कैयन पटक भएको देख्न सकिन्छ । तर सपुतको यो गीत बिल्कुल भिन्न बनेको छ । उनले नेपाली समाजमा प्रयोग हुने शब्दलाइ जस्ताको तस्तै टिपेर शब्दजालमा बुनेका छन् ।

गीतको भिडियो सपुत आफैले निर्देशन गरेका छन् । आफ्नै शिर्जनालाइ आफुले नै निर्देशन गरेकोले पनि होला उनले गीतको मर्मलाइ मर्न नदिएर न्याय गरेका छन् । गीतको भावलाइ भिडियो मार्फत जस्ताको त्यस्तै उतारेका छन् उनले । अझ भनौ उनको गीत ‘गीत’ नभएर एउटा फिल्म नै हो । जसले नेपाली गाउले जीवनको यथार्थ कथा भन्छ ।

मोडल अन्जली अधिकारीको अभिनय तारिफ योग्य छ । प्रकाश सपुतले पनि क्यारेक्टरलाइ न्याय दिएका छन् । उनीहरुको पहिरन, हाउभाउ केहि पनि बनावटी लाग्दैन । जे छ सत्य छ भन्ने भान हुन्छ । गीत हेर्दै गर्दा हामी पोखरा आसपासको कुनै गाउँ घरमा पुग्छौ ।

पहिरन माथिको अत्याचार, शब्दको बलात्कार र पृष्ठभुमिलाई लात हानिएका लोक भाका भनिने बेनामे गीत संगीतलाई सपुतको ‘गलबन्दी’ चोटिलो झापड हो । उनको यो गीतले अझै पनि नेपालीपन हराएको छैन भन्ने आभास दिलाएको छ ।

आफु गर्भवती रहेको अवस्थामा श्रीमानको लास विदेशबाट बाकसमा आएको थियो बोल मायामा । जुन अवस्थामा ति महिला श्रीमान भनेर सति जान सकेकी थिइनन् कारण एक मात्र थियो, उनको कोखको बच्चा । अब गीत ‘गलबन्दी’ सम्म आइपुग्दा उनका छोरा ठुला भएका छन् । जसको हाउ भाउ बानि व्यवहार हुबहु बाबुको जस्तै छ । छोराको मुख हेरेर बाचिरहेकी उनलाई गीतको अन्त्य सम्म आइपुग्दा छोराले समेत छोडेर जान्छ । फरक यति छ कि उसले फर्किने बाचा गरेको छ।

भिडियोको कथाले यो गीत भरि मात्रै नभएर उनको आगामी गीत ‘बोल माया २’ आउने समयसम्म बाधेर राख्न सफल बहेको छ । सपुतको दर्शकलाइ आफु सम्म समेट्ने यो तरिकाको प्रसंसा गर्नेपर्छ ।

फिल्ममा सिक्वेलको प्रचलन त चलेकै हुन् ।  तर सपुतले गीतमा समेत सिक्वेलको प्रचलन स्थापित गरे । उनी आफु त चर्चित बने नै, संगै गीतसंगीतलाई अगाडी बढाए ।