पललाई सन्नीको चुनौती

- मेराेफिल्म

पासवर्ड फिल्मले रिलिज गर्ने दिन तोक्यो । भदौ २७ मा पासवर्ड रिलिज हुने कन्फर्म छ । अभिनेता पल शाहले विर विक्रम २ को प्रचार गर्ने बेलामा आफू भदौ २७ मा हृदयभरी फिल्म लिएर आउने बताएका थिए ।

भदौ २७ मा पल शाहको फिल्म आउने निश्चित उनकै कुरा सुनेर भन्न सकिन्छ । पासवर्ड फिल्म भदौ २७ मा नै आइदियो । यो फिल्ममा बलिउडमा आइटम गरेर नाम कमाएकी अभिनेत्री सन्नी लियोनीको आइटम गीत छ ।

फिल्मको लागि पासवर्ड टिमले सन्नीको नाम भजाउने छ । सन्नी लियोनीको आइटम भनिएको छैन । उनलाई कलाकार भनिएको छ ।

सन्नी लियोनीको फिल्म नेपालमा चल्दैनन् । तर, सन्नीले नेपाली फिल्ममा नाच्दा मात्र पनि चल्छ भनेर पासवर्ड बनाउने निर्माताले सोचेका छन् । पल शाहलाई सन्नीको जोखिम हुने संभावना बढ्यो ।

पल शाहको विर विक्रम २ असफल भएको छ । हृदयभरीले पनि विर विक्रम २ को जस्तै व्यापार गरेमा पलको नाम फिल्ममा गाह्रो हुन थाल्नेछ । सन्नी लियोनीलाई अगाडी सारिएको पासवर्डको रणनीतिलाई पलले चिर्न सक्छन् कि के ?

 

२०७६ जेठ १६ गते १४:१२ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *