रंगशाला भत्काउने ३ कार्यकर्ता पार्टीबाट निलम्बित

- मेराेफिल्म

धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण गरिरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको बार केहि व्यक्तिहरुले भत्काएका छन् । बार भत्काउनेहरु  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट कार्यकर्ता भएको समेत पुस्टि भैसकेको छ । कारवाही स्वरूप नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनले निर्माणाधीन रङ्गशालाको बार भत्काउने स्थानीय नेता प्रकाश कँडेलसहित दुई जनालाई निलम्वन गरेको छ ।

पार्टीले कँडेललाई पूर्णरुपमा निलम्वन गरेको छ भने सोही घटनामा संलग्न भैरव बस्ताकोटीलाई दुई महीनाका लागि पार्टी सदस्यबाट निलम्वन गरेको हो । पार्टीले एक बिज्ञप्ति जारि गर्दै घटनामा संलग्न सबैलाई कानूनी कारवाहीको माग गर्दै क्षतिपूर्ति भराउन आग्रह गरेको छ ।

जिल्ला अध्यक्ष यमबहादुर परियार ‘इन्द्रजीत’ द्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा नेकपाले धुर्मुस सुन्तली फाउण्डेशनलाई यस्ता घटनाबाट विचलित नहुन आग्रह गर्दै हरदम साथ र सहयोगका लागि पार्टी तयार रहेको प्रतिबद्धता जनाएको छ ।

कँडेल र बस्ताकोटीसहित १७ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । उनीहरुले बुधबार बिहान निर्माणाधीन रङ्गशालाको बार र सोही ठाउँमा यसअघि भएको तारे बार डोजर लगाएर भत्काएका थिए । उनीहरुले रङ्गशालाको जग्गाबाट पश्चिमतर्फ सडक चौडा गराउन माग गर्दै आएका थिए ।

२०७६ जेठ १६ गते १४:२५ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *