मोफसल दौडमा बोर्ड अध्यक्ष भट्टराई

चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई देश भरक विभिन्न फिल्म हलको निरीक्षणका क्रममा छन् । बक्स अफिसजडानका लागि उनी आफ्नो टिमलाई लिएर मोफसल दौडमा निस्किएका हुन् ।

शनिबार प्रदेश नम्बर १ अन्र्तगतको लालबन्दीमा रहेको बिणा चलचित्र मन्दिरबाट निरीक्षण सुरु गर्ने कार्यक्रमको उद्घाटन संचार, सूचना तथा प्रविधी मन्त्री गोकुलप्रसाद बाँस्कोटाले गर्दैछन् । बोर्ड अध्यक्ष देशी भर बक्स अफिस जडान गर्न लागिपरेका छन् ।  उनका अनुसार असार मसान्त सम्ममा सम्पूर्ण हलमा बक्स अफिस लागु गरिसक्ने छ ।  र फिल्मको व्यवसाय पारदर्शी बनाइने छ ।