पर्सामा बस्ति निर्माण गर्दै अन्जु पन्त

विभिन्न समारोहमा अन्जु पन्तले आर्थिक स्थिती कमजोर भएका बालवालिकालाई पाठ्यसामग्री वितरण गर्दै आएकी छिन् । पाठ्यसामग्रीको अतिरिक्त जाडो याममा लगाउने लत्ता कपडा समेत वितरण गर्दै आएकी पन्त अब भने असहायहरुका लागि घर बनाउने अभियानमा जुटेकी छन् ।

स्थानियको आग्रह मान्दै पर्साको सुगौलीका करिव ३५ घर धुरीको नाजुक अवस्था देखेपछि उनले उक्त वस्ती बनाउने निर्णय गरेकी हुन्  । दुई वर्ष अगाडी बाढीले घर बगाए पछि उनीहरु टहरोमा बस्दै आएका छन् । उनीहरुको अवस्था दयनीय छ, खाने पकाउने भाडाकुडा देखि ओड्ने ओछ्याउने कपडासम्म छैन स्थानीयको  ।

बस्ति निर्माण गर्ने निर्णय गरे संगै उनी नापनक्साको काम गर्दै छिन् । हाल कागजी प्रोसेस चलिरहेको उनले बताइन । अमेरिकामा भएको कार्यक्रम मार्फत उनले केहि रकम जम्मा गरेकी छन् तर त्यो पर्याप्त छैन त्यसैले सहयोगी मन समक्ष उनले सहयोगको हात अघि बढाउन आग्रह गरेकी छन् । उनले घर निर्माण संगै स्थानीयका लागि रिज्गारीको समेत व्यवस्था गर्ने प्रक्रियामा आफु रहेको बताइन् ।