दयाको बुँइमा रीश्मा

रीश्मा गुरुङ काठमाण्डौमा बस्दिनन् । पोखरामा नै बस्ने रीश्मालाई फिल्म नचलेको बेलामा भेट्न गाह्रो छ । रीश्मा संचारमाध्यममा आउन चाहने पनि हैनन् ।

रीश्मा अभिनेता दयाहाङ राइलाई प्रमुख पात्र बनाएर खेलाइएको कबड्डी कबड्डी कबड्डी मा छिन् । रीश्मालाई दयाको प्रेमिका बनाइएको छ । रामबाबु गुरुङ फिल्मका निर्देशक छन् ।

रीश्माले फिल्म खिच्दा खिच्दा दयासँग रमाइलो गरेको फोटो फेसबुकमा राखिन् । रेश्मा दयाको बुँइ चढेकी छिन् । दया रीश्मालाई बुँइमा राखेर रमाएकी छिन् ।

रीश्मा गुरुङलाई कबड्डीले चिनाएको हो । झुम्की फिल्ममा उनलाई मन पराइएको हो । यसमा पनि दयाहाङ पनि छन् ।

रीश्मा र दयाको जोडी मन पराइएको छ । रीश्मा र दयाको जोडी सुहाएपछि उनीहरुलाई फिल्ममा निरन्तर देखाइएको छ ।

रीश्मा गुरुङको करिअरमा पनि दयाको ढाडस महत्वपूर्ण छ । यही भएर त उनी सहजै दयाको बुँइ चढ्छिन् ।