प्रेम दिवसको शीर्ष गीत सार्वजनिक

- मेराेफिल्म

फिल्म ‘प्रेम दिवस’ को शिर्ष गीत सार्वजनिक भएको छ । सुरज तामांग र शैलु आर एल सिंहको आवाज रहेको गीतमा सन्तोष पोखरेलको शब्द र कारण राज कार्कीको संगीत रहेको छ ।

म्युजिकल लभ स्टोरी समेटिएको फिल्ममा प्रियंका कार्की, आयुष्मन देशराज जोशी, नव-नायक विशाल खरेल लगायतको मुख्य भूमिका रहेको छ । प्रदीप भारद्वाजको कथा, पटकथा तथा संवाद रहेको फिल्ममा महाराजा थापा, महेश खड्का, बसन्त सापकोटा, करण सिंह कार्की र दीपक शर्माको संगीत रहेको छ भने कविराज गहतराजको कोरियोग्राफी, मानकृष्ण महर्जनको छायांकन, रोशन श्रेष्ठले द्वन्द्व निर्देशन, बनिष शाहको सम्पादन रहेको छ । फिल्म रियल मोसन पिक्चर्स प्रालीको ब्यानरमा सञ्जय न्यौपानेको निर्माण तथा योगेश घिमिरेको निर्देशनमा तयार भएको हो । फिल्म जेठ ३१बाट प्रदर्शनमा आउने छ ।

२०७६ जेठ १७ गते १३:२१ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *