घरमै घुम्दै स्टारका सन्तान

- दिक्षा कट्टेल

बाबु आमाको  सपना आफूले जे गर्यो, छोराछोरीले पनि त्यही गरोस् भन्ने हुन्छ । नेपाली फिल्मका कुनै कुनै कलाकारमा यो चाहना देखियो पनि ।

तर, ती सन्तानलाई बाबु आमाले आफू अनुसार चलाउन खोजेको हुन् ? फिल्ममा आइसकेपछि बाबु आमाकै वरिपरी ती सन्तान चलेका छन् । नेपालमा त स्टारका सन्तान थोरै फिल्ममा छन् । धेरैले अरु पेशा रोजेका छन् ।

सुपरस्टारको ट्याग पाएका छन् भूवन केसीले । भूवन केसीले छोरा अनमोल केसीलाई पनि हिरो बनाएका छन् । भूवन केसीको ब्यानरको  फिल्मबाट अनमोलले डेब्यू नगरेता पनि अनमोलले स्टारको छवि बनाएका छन् ।

अभिनेता भूवन केसीले अभिनेता अनमोल केसीको निर्णय भन्दा बढी आफ्नो निर्णय गर्ने गरेको उनर्लाइ फिल्म अफर गर्न जाने फिल्र्मीकर्मीले बताएका पनि छन् । अभिनेता केसीले ड्रिम्स, क्याप्टेन घरको फिल्म गरेका छन् । ५ वटा अरु निर्माताको फिल्म गरेका छन् । तर, अभिनेता अनमोल केसीलाई मनाउन भन्दा गाह्रो भूवन केसीलाई मनाउन हुने गरेको छ भनेर फिल्मकर्मी भन्छन् ।

ए मेरो हजुर ३ चलेपछि भूवन केसी लभ स्टोरी फिल्म बनाउन लागेका छन् । अभिनेता अनमोल केसी होम प्रोडक्शनमा नै काम गर्न लागेको पाइन्छ । भूवन केसीले भनेको नै आफ्नो जीवनमा हुने भनेर केसीले भनिसकेका छन् । अनमोल घरकै वरिपरी घुमेका हुन् भन्ने आरोप लाग्छ ।

अभिनेत्री सुहाना थापाले दोश्रो फिल्म पनि झरना थापाकै निर्देशनमा गर्दैछिन् । आफ्नो ब्यानरको फिल्म ए मेरो हजुर ३ मा खेलाएकी झरनाले दोश्रो फिल्म पनि छोरीर्लाइ आफैसँग खेलाउँदैछिन् ।

अरु फिल्म बनाउनेले अफर गर्दा सुहानाको पढाई बाँकी रहेको जवाफ थापा दम्पत्तीले दिएका छन् । तर, आफ्नो ब्यानरमा भने बर्षको एउटा फिल्म सुहानालाई खेलाउने उनीहरुको योजना छ ।

सुहाना थापा पनि घरकै वरिपरी घुमिरहेकी छिन् भन्ने देखियो । सुहानालाई अरु ब्यानरमा आफ्नो ब्यानरको जस्तो व्यवहार नहुने, फिल्म पनि त्यस्तो नबन्ने भन्ने सोच झरनामा आएको पनि हुनपर्छ ।

तर, सुहानालाई अब खुला छाडेर उनको रोजाई अनुसारको फिल्म खेल्न दिए राम्रो हुन्छ । थापा दम्पत्ती यो मनस्थितीमा छैन ।

अभिनेता सलोन बस्नेतलाई शोभित बस्नेतले स्वतन्त्र छाडेका छन् । तर, शोभितको फिल्मको एउटा गीतमा भएपनि नाचिदिनुपर्ने वाध्यता सलोनमा देखियो । बाबु कान्छा फिल्म शोभितले निर्देशन गरेर सलोनले खेलेका हुन् । सलोनले बाबु भएकै कारणले पनि शोभितको फिल्म खेल्न नहुने थियो भनेर आलोचकले भने ।

शोभित बस्नेतले बनाउने फिल्म सामान्य कथाका हुन्छन् । सलोनले दर्शकलाई आफूमै राख्न बाबु भन्दा पनि अरु निर्देशकसँग काम गर्न आवश्यक रहेको भनेर आलोचना भयो । शोभितले बनाएको बद्रिबहादुरमा सलोनले एउटा गीतमा नाचेका छन् ।

नेपाली फिल्ममा स्टारडका छोराछोरी कम आएका छन् । आएर चलेकाहरुलाई घरकै वरिपरी रहनुपर्ने वाध्यता छ ।

२०७६ जेठ १९ गते १४:०१ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *