७०बर्षीय तामाङ फिचर्ड ‘म’ गीत सार्वजनिक

गीतकार शङ्कर के राईको शब्द तथा डिबी खड्काको संगीत रहेको नयाँ गीत ‘म’ सार्वजनिक भएको छ । क्लासिक आधुनिक शैलीमा तयार गरिएको गीतले मानिसको परिचय गराएको छ । बिश्व नेपालीको स्वर रहेको गीतमा ७० बर्षिय ब्रिटिस आर्मी अफिसर रिटायर्ड ब्यक्ति दलबहादुर वली तामाङ फिचर्ड छन् । उनलाई भिडियोमा डा.एविन्द्र रुम्दाली राई लगायतले साथ दिएका छन् । भिडियो एलपी पाण्डेले निर्देशन गरेका हुन् ।