फिल्म ‘मारुनी’ फस्टलुक पोष्टर सार्वजनिक

फिल्म ‘मारुनी’को फस्टलुक सार्वजनिक गरिएको छ । फिल्मको फस्टलुक पोष्टरमा मुख्य कलाकारहरु साम्राज्ञी राज्यलक्ष्मी शाह र पुष्प खड्कालाई देखाइएको छ । टौवा क्रियशनले तयार पारेको पोष्टरमा साम्राज्ञी र पुष्पको प्रेम रहेको वुझ्न सकिन्छ ।

पूनम इन्टरटेन्मेन्टको ब्यानरमा पूनम गौतमले निर्माण गरेको फिल्मलाई नवल नेपालले निर्देशन गरेका छन् । राजा प्रधान, दर्शना केसी, मिना क्षेत्री फिल्मका सह–निर्माता हुन् । फिल्म संजय लामाले खिचेका हुन् । फिल्ममा नायिका रेविका गुरुङसमेत रहेकी छन् । फिल्म भदौ १३ गतेबाट प्रदर्शनमा आउने छ ।